दफा ८५
आपसी सहयोग आदान प्रदान गर्ने
(१) आ–आफनो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नको लागि बैंकले सम्बन्धित विदेशी सुपरिवेक्षण अधिकारीसंग पारस्परिकताको आधारमा सहयोगको आदान प्रदान गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम सुपरिवेक्षण गर्ने प्रयोजनको लागि प्राप्त जानकारी वा सूचना गोपनियता भंग नहुने गरी बैंकले विदेशी सुपरिवेक्षण अधिकारीसंग आदान प्रदान गर्न सक्नेछ । (३) बैंकले वित्तीय प्रणालीसंग सम्बन्धित नीति नियमन गर्ने अन्य निकायसंग वित्तीय प्रणालीको सम्बर्धन गर्ने प्रयोजनका निमित्त एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्नेछ ।